Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से १२०० तिर हुँदाको मूल्यमा आईपुग्यो नेपाल लाईफ, अब किन्दा जोखिम कति?

बसन्त पाण्डे

सोमबार, २३ जेठ २०७९, १७ : १० मा प्रकाशित

नेप्से १२०० तिर हुँदाको मूल्यमा आईपुग्यो नेपाल लाईफ, अब किन्दा जोखिम कति?

लाईफ इन्स्योरेन्स  सेक्टरको राजा मानिने नेपाल लाईफ इन्स्योरेन्सको मूल्य ७५% भन्दा धेरैले खसेको छ। नेप्से परिसूचक ३२०० को लेभलमा हुँदै गर्दा नेपाल लाईफको मूल्य ३००० भन्दा माथि थियो। आज सोमबार नेपाल लाईफ ७६० को बिन्दुमा क्लोज भएको छ। कुनै समयको ब्लु चिप मानिने नेपाल लाईफ इन्स्योरेन्सको सेयरमूल्य यसरी उच्च रुपमा घट्दा लगानीकर्ताहरु निकै चिन्तित बनेका छन्।  

आजको यो अङ्कमा हामीले नेपाल लाईफको सेयर यतिबेला खरिद गर्दा जोखिम कति छ र रिवार्ड कस्तो हुनसक्छ भन्ने विश्लेषण गरेका छौं। 

नेपाल लाईफको मन्थ्ली चार्टमा हेर्दा के देखियो ? यो मूल्यमा खरिद गर्दा उचित होला कि नहोला ?

बुलिंगर ब्याण्ड: 

मन्थ्ली चार्टमा बुलिंगर ब्याण्डको तल्लो ब्याण्डसम्म क्यान्डल आइपुगेको छ। यसअघि ११०० को इन्डेक्सबाट नेप्से परिसूचक बढ्दै जाँदा बुलिंगर ब्याण्डको अपर ब्याण्डभित्र क्यान्डल बनाउँदै नेपाल लाईफको मूल्य माथितिर गैरहेको थियो। जब मन्थ्ली चार्टमा बोलिंगर ब्याण्डको अपर ब्याण्डलाई छोडेर तल-तल क्यान्डल बन्न थाल्यो त्यसपछि नेपाल लाईफको सेयर मूल्य उच्च रुपमा घटेर मिडल ब्याण्डलाई पनि ब्रेक गर्दै लोवर ब्याण्डसम्म आइपुगेको छ। यसरी लोवर ब्याण्डमा मन्थ्ली क्यान्डल आईसकेपछि सेयरमूल्य माथितिर जाने सम्भावना निकै उच्च रहन्छ । 

स्टोक्यास्टिक आरएसआई (४२, ४२, ५, ५)

नेपाल लाईफ इन्स्योरेन्सको सेयरमूल्य २९०० तिर हुँदै गर्दा स्टोक्यास्टिक आरएसआईले सेल सिग्नल दिएको थियो। अहिले स्टोक्यास्टिकको फास्ट मुभिंग लाईन ६ को लेभलतिर पुगिसकेको छ। मन्थ्ली चार्टमा स्टोक्यास्टिक २० को स्केलभन्दा तल जानुले खरिद गर्ने उचित मौका आएको भन्ने जनाउँछ। 

यो मूल्यमा किन्दा के होला ?

यसअघि बजार ११०० को लेभलतिर हुँदै गर्दा नेपाल लाईफ ५०० को बिन्दुसम्म झरेको थियो। अहिलेको बिन्दुमा पनि नेपाल लाईफको सेयर खरिद गर्ने उपयुक्त अवसर हुनसक्छ। ७५०/६० कै लेभलमा सेयर खरिद गर्ने हो भने बजार ६०० देखि ५५० को लेभलसम्म पनि झर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न। त्यस्तै यहाँबाट सेयरमूल्य बढ्ने हो भने कम्तिमा ११०० सम्म पुग्न सक्ने देखिन्छ। यसरी हेर्दा यतिबेला नेपाल लाईफको सेयर किन्दा १५ पतिशत देखि २५ प्रतिशतसम्मको रिस्क देखिन्छ भने ५० प्रतिशत देखि ७० प्रतिशतसम्मको रिवार्ड देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको