Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकसहित थप ५ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सेबोनको स्वीकृती

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, ०६ : ४५ मा प्रकाशित

सिभिल बैंकसहित थप ५ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सेबोनको स्वीकृती

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताको रूपमा काम गर्न थप ५ कम्पनीलाई स्वीकृति प्रदान गरेको छ । यो सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न योग्य कम्पनीको संख्या १०० पुगेको छ । यसअघि बोर्डले पहिलो चरणमा ४६ वटा, दोस्रो चरणमा थप १८ वटा, तेस्रो चरणमा ७ वटा कम्पनी, चौथो चरणमा ९ वटा, पाँचौ चरणमा ५ वटा र छैठौँ चरणमा २ वटा र सातौ चरणमा ८ कम्पनीलाई स्वीकृति दिएको थियो  । 

थपिएका कम्पनीहरूमा सिभिल बैंक लिमिटेड, आईएमइ जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आरबीबी म्यूचुअल फण्ड १ र समृद्धि म्युचुअल फण्ड २ रहेका छन् । 

योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको