Like us!
Follow us!
Connect us!
Watch us!

४/१२ हटाउन नेपाल पुँजीबजार लगानीकर्ता संघकाे माग : गभर्नरले भने, 'सहजिकरण गर्छाैँ'

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १० : २० मा प्रकाशित

४/१२ हटाउन नेपाल पुँजीबजार लगानीकर्ता संघकाे माग : गभर्नरले भने, 'सहजिकरण गर्छाैँ'

नेपाल राष्ट्र बैंकमा आज नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित बोर्डका पदाधिकारी बीच भेटघाट भएकाे छ ।

उक्त भेटमा सेयर बजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दबाब, सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ क्याप,  CD र CCD को बारेमा अवगत गराइएकाे संघकी अध्यक्ष राधा पाेखरेलले बताइन् । 

भेटकाे क्रममा गभर्नर अधिकारीले लगानीकर्ताहरूकाे समस्यालाई सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका उनले जानकारी दिइन् । उनले भनिन्, "गभर्नर ज्यूले समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भिर रुपले अध्ययन गर्दै त्यसतर्फ कसरी सहजिकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढाउने जानकारी गराउनुभएकाे छ ।"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको