Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरुलाई बिनासर्त रिहाइ गर्न संगठनहरुको माग, यथाशिघ्र समस्याको समाधान गरियोस्

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १८ : ०० मा प्रकाशित

लगानीकर्ताहरुलाई बिनासर्त रिहाइ गर्न संगठनहरुको माग, यथाशिघ्र समस्याको समाधान गरियोस्

लगानीकर्ता सगठनहरुले पूँजी बजारको विकास विस्तार सहित आन्दोलनमा उत्रियका लगानीकर्ताहरु माथि भएको प्रहरी हस्तक्षेपमा बिरोध जनाएका छन् । मंगलबार नेप्से अगाडी प्रदर्शनकै क्रममा प्रहरी तिलक कोईराला सहित ५ जना लगानीकर्ताहरुलाई पक्राउ गरेका थिए । 

सेयर लगानीकर्ता संगठनहरु शेयर लगानीकर्ता संघ र नेपाल नेपाल इन्भेष्टर्स फोरमले संयुक्त विज्ञप्ती जारी गर्दै तिलक कोइराला सहित लगानीकर्ताहरुको निशर्त रिहाईको माग गरेका छन् । शेयर लगानीकर्ता संघ नेपाल नेपालको अध्यक्ष उक्तम अर्यार र नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा भनिएको छ "विश्वमा मान्यता प्राप्त 'पुँजीबजार राष्ट्रको अर्थतन्त्रको मेरूदण्ड हो' भन्ने यथार्थतालाई शिरोधार्य गर्दै नेपालका नागरिकहरूले पुँजीबजारमा लगानी गर्दै आएको कुरा हामी सम्पूर्ण नागरिकहरू विधितै छौ  यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा शेयरबजारलाई संकुचित पार्ने विभिन्न बुदाहरू कार्यान्वयनमा ल्याई अप्राकृतिक रूपमा पुँजीबजार संकुचित भई रहेको सन्दर्भमा पुँजीबजारलाई दीर्घकालिन रूपमा विकास र विस्तारको लागि भनि आफ्ना जायज र सान्दर्भिक मागहरू राखि 'नेपाल स्टक एक्सचेन्ज' को बाहिरी प्राङ्गणमा शान्तिपूर्ण भेला भई रहेको अवस्थामा केही लगानीकर्ता साथीहरूलाई राज्यले धरपकड गरी स्वतन्त्र रूपमा भेला र सम्मेलन गर्न पाउने संवैधानिक हक अधिकार प्रयोग गर्नबाट बञ्चित गराईएको यस अवस्थामा हामी लगानीकर्ताका संघ संगठनहरू अत्यन्त मर्माहत भएका छौ र उक्त कार्यको घोर भर्त्सना गर्दछौं । साथै गिरफ्तार भएका सम्पूर्ण लगानीकर्ता साथीहरूलाई बिना शर्त तत्काल रिहाई गरी लगानीकर्ताहरूले प्रस्तुत गरेका मागहरूको सम्बन्धित निकायहरूबाट यथाशिघ्र सम्बोधन गरी समस्याको समाधान गर्न जोडदार माग गर्दछौं ।"

पूँजी बजार विकास र विस्तार गर्ने उद्देश्यसहित तिलन कोइरालाको नेतृत्वमा नेप्सेमा आन्दोलन गर्न पुगेका लगानीकर्ताहरूलाई विरोध गर्न रोक लगाइरहेको प्रहरीले तिलक कोइरालालाइ सहित ५ जनालाई पक्राउ गरेको थियो ।

आन्दोलन गर्न निषेधित क्षेत्र भन्दै प्रहरीले लगानीकर्ताहरूमाथि रोक लगाइरहेको थियो । कोइरालाले भने आफूहरूले पहिलेदेखि नै नेप्सेमा विभिन्न कार्यक्रम एवमं विरोध गर्दै आइरहेको र अहिले पनि आफ्नो कुरा राख्न पाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
 

629feba8808ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको