Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर कमिसन घटाउन तयारीमा धितोपत्र बोर्ड

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, ०९ : १३ मा प्रकाशित

ब्रोकर कमिसन घटाउन तयारीमा धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीको शुल्क (ब्रोकर कमिसन) घटाउने तयारी गरेको छ । धितोपत्रको दोस्रो बजारमा अर्बौको कारोबार अनलाइन प्रणाली मार्फत भइरहेको सन्दर्भमा धितोपत्र दलाल व्यवसायीको शुल्क पुनरवलोकन गर्न अध्ययन भइरहेको जनाएको छ । 

धितोपत्र बजार तथा वस्तु विनिमय  बजार सम्बन्धी नीतिगत व्यवस्था र कानुनी एवं  संस्थागत पूर्वाधारको विकास तथा सुधारका लागि अध्ययन तथा अनुसन्धानमा आधारित नीति निर्माण तथा निर्देशन जारी गर्नुपर्ने आवश्यकता रहेको सन्दर्भमा बोर्डबाट चालू आ.व. विभिन्न अध्ययन तथा अनुसन्धान कार्य भएको बोर्डले जनाएको छ । 

बोर्डले आज आफ्नो ३० औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको बिशेष बुलेटिनमा भनिएको छ 'धितोपत्रको दोस्रो बजारमा अर्बौको कारोबार अनलाइन प्रणाली मार्फत भइरहेको सन्दर्भमा धितोपत्र दलाल व्यवसायीको शुल्क पुनरवलोकन गर्न पूर्व र धितोपत्र व्यवसायीको संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गर्ने व्यवस्था गर्नुपूर्व यस सम्बन्धमा अध्ययन गरी उक्त अध्ययनको सिफारिस बमोजिम धितोपत्र कारोबार लागतमा पुनरावलोकन र कोष स्थापना गर्ने कार्य भएको छ ।' 
 ः
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको