Like us!
Follow us!
Connect us!
Watch us!

दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात

पत्रपत्रिका

विहीबार, २६ जेठ २०७९, ०६ : ११ मा प्रकाशित

दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात

नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज  (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ । बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत भारतीय छ रुपियाँ ८८ पैसा (११ रुपियाँ नेपाली)मा बिक्री भएको हो ।

यसअनुसार यो २४ घण्टामा छ हजार आठ सय मेगावाट घण्टा नेपालबाट बिजुली निर्यात हुने भएको हो । यो आँकडाअनुसार बिहीबार मात्रै सात करोड ४८ लाख ५४ हजार रुपियाँको बिजुली निर्यात भएको छ । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको