Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी धनवृद्धि योजनामा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १० : ५५ मा प्रकाशित

कुमारी धनवृद्धि योजनामा आवेदन दिने आज अन्तिम मौका

कुमारी क्यापिटल लिमिटेडले निष्कासन गरेकाे कुमारी धनवृद्धि योजनामा आवेदन दिने आज (जेठ २६ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये कुल इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ ।

यस फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

याे पनि हेर्नुहाेस् :

ढुक्क भएर "कुमारी धनवृद्धि योजना"मा लगानी गर्नुहोस, राम्रो प्रतिफल पाउनुहुनेछ | Puspa Sharma |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको