लगानीकर्ताको आन्दोलनमा एकताबद्ध जनाउँदै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल पनि आन्दोलन स्थलमा पुगेका छन् ।
लगानीकर्ताहरूकाे मागलाई समर्थन गरी नेपाल इन्भेष्टर्स फोरमको नेतृत्व गर्दै आन्दोलन स्थलमा पुगेका उनले आफूहरूको माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताए ।
उनले हिजाे मात्रै गठन गरिएकाे सुझाव समितिमा लगानीकर्ताहरूकाे प्रतिनिधित्व नभएकाेमा आपत्ति जनाएका छन् ।
बिहानै मात्र संयाेजक तिलक कोइरालाले लगानीकर्ताका सबै संघ संस्थाका अध्यक्षहरुलाई माईतीघरमा आउन आग्रह गरेका थिए । छरिएर हैन एकताबद्ध भएर लगानीकर्ताको हकहितको लागि लड्नु पर्ने कुरामा उनकाे जाेड थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस