नेपाल धितोपत्र बोर्डको पदपूर्ति समितिको विहिबार बसेको बैठकले कार्यकारी निर्देशकको पदमा बढुवाको लागि २ जनाको नाम सिफारिस गरेको छ । कर्मचारीहरुको कार्यक्षमता मूल्यांकनका आधारमा बढुवाद्वारा कार्यकारी निर्देशकको पदपूर्ति गर्ने सूचना जारी गरेको ९ महिना पछि मात्र पदपूर्तिका लागि सिफारिस गरिएको हो ।
पदपूर्ति समितिले कर्मचारीहरुको कार्यक्षमता मूल्यांकनका आधारमा डा. नवराज अधिकारी र विनयदेव आचार्यलाई कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) पदमा बढुवाको लागि सिफारिस गरेको हो । आचार्य हाल बोर्डको कार्यवाहक कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् भने अधिकारी उपकार्यकारी निर्देशक हुन् ।
लामो समय देखि रित्त रहेको बोर्डको अध्यक्ष २०७८ फागुन ११ गतेमात्र नियुक्त भएको र पछि स्थानिय तहको निर्वाचनका लागि आचार संहिता लागु हुँदा बढुवा सिफारिसमा ढिलाई भएको पदपुर्ती समितले जनाएको छ ।
अब उनिहरुको बढुवामाथीको दावि विरोधका लागि ३५ दिनको समय दिइएको छ यदि उक्त अवधिमा कुनै दावि बिरोध नपरेमा उनिहरु कार्यकारी निर्देशकका रुपमा बढुवा हुनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस