Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १० : ३९ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम माैका

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लिलामी सेयर भर्ने आज (जेठ २७ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले जेठ १३ गते, शुक्रबारबाट कुमारी बैंकको नाममा रहेको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे  । 

उक्त सेयरको न्यूनतम मूल्य २ सय रूपैयाँ तोकिएको छ । कम्पनीको उक्त सेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही व्यक्ति वा संगठित संस्थाहरुले आवश्यक कागजपत्र संकलन गरेर कुमारी क्यापिटलको केन्द्रिय कार्यालय, नागपोखरी, नक्साल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको