Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निष्कासन गर्न थप २ बैंकले दिए सेबोनमा निवेदन, कुनकाे व्याज कति ?

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १३ : ३५ मा प्रकाशित

ऋणपत्र निष्कासन गर्न थप २ बैंकले दिए सेबोनमा निवेदन, कुनकाे व्याज कति ?

एभरेष्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका छन् ।

एभरेष्ट बैंक लिमिटेड

बैंकले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २४ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधि भएकाे वार्षिक ५.५ प्रतिशत व्याज भएकाे "१० वर्ष, ५.५% एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

हिमालयन बैंक लिमिटेड

बैंकले २ अर्ब ५० कराेड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "७ वर्ष, १०.५% हिमालयन बैंक लिमिटेड बन्ड, २०८६" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

62a59cf094140.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको