Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको मार्च पार्स सुरू, नारा लगाउँदै सडकमा उत्रिए दिपेन्द्र अग्रवाल

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १५ : ५६ मा प्रकाशित

लगानीकर्ताको मार्च पार्स सुरू, नारा लगाउँदै सडकमा उत्रिए दिपेन्द्र अग्रवाल

माइतिघरबाट लगानीकर्ताहरूको मार्च पार्स सुरू भएको छ ।

विभिन्न १९ बुँदे मागसहित आन्दोलनरत लगानीकर्ताहरुले आज माइतिघरदेखि बानेश्वरसम्म मार्चपास गरिरहेका हुन् । साथै आन्दोलनरत लगानीकर्ताहरुले आज काठमाडाैँ बाहिरका अन्य जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन पनि गरिरहेका छन् ।

सीसीडी रेसियाे कायम गर, स्थिर ब्याजदर लागू गर, १९ बुँदे माग पुरा गर, ४/१२ काे नीति खारेज गर, नीतिगत भ्रष्ट्राचार अन्त्य गर, बैंकलाई ब्राेकर लाइसेन्स दे लगायतका नाराले सडक गुञ्जिएकाे छ ।

नेपाली सेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवाल पनि आन्दोलनमा आफ्नो समर्थन जनाउँदै आजदेखि सडकमा उत्रिएका छन् । सेयर बजार सम्बद्ध विभिन्न १० संघ संगठनहरुले आजदेखि संयुक्त रुपमा आन्दोलन गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको