यतिबेला माइतिघरदेखि नयाँ बानेश्वरसम्म सेयर लगानीकर्ताहरूकाे मार्च पार्स भइरहेकाे छ । पूँजी बजार सुधार र विकासका लागि आन्दोलनरत लगानीकर्ताहरुले आजको विरोध कार्यक्रम अन्तर्गत मार्चपार्स गरिरहेका हुन् ।
लगानीकर्ताहरूकाे र्यालीमा धेरै वटा नाराहरूमध्ये एउटा नारा जाेडताेडका साथ गुञ्जिरहेकाे छ । त्याे नारा हाे : नालायक गभर्नर राजिनामा दे !
लामाे समय अघिदेखि नै लगानीकर्ताहरूले गभर्नरकाे बहिर्गमनकाे माग गरिरहेका छन् । साेही अनुरूप आजको लगानीकर्ताहरूको आन्दोलनमा पनि गभर्नरको राजिनमाको नारा गुञ्जिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजी बजारका लागि गलत रहेका लगानीकर्ताहरूको आरोप छ । लगानीकर्ताहरूले बारम्बार गभर्नरको नियतमा नै खोट रहेको बताउँदै आइरहेका छन् ।
यसबाहेक सीसीडी रेसियाे कायम गर, स्थिर ब्याजदर लागू गर, १९ बुँदे माग पुरा गर, ४/१२ काे नीति खारेज गर, नीतिगत भ्रष्ट्राचार अन्त्य गर, बैंकलाई ब्राेकर लाइसेन्स दे लगायतका नाराले सडक गुञ्जिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस