Like us!
Follow us!
Connect us!
Watch us!

५ बुँदे मागसहित काठमाडौँ जिल्ला प्रशासनलाई लगानीकर्ताले बुझाए ज्ञापनपत्र

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १६ : १५ मा प्रकाशित

५ बुँदे मागसहित काठमाडौँ जिल्ला प्रशासनलाई लगानीकर्ताले बुझाए ज्ञापनपत्र

जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई सेयर लगानीकर्ताले ज्ञापनपत्र बुझाएका छन् ।

तिलक काेइरालाकाे नेतृत्वमा राेहन कार्की, हरी ढकाल, दिपेन्द्र अग्रवालसहितकाे टाेलीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुगी विभिन्न ५ बुँदे माग समेटिएकाे ज्ञापनपत्र बुझाएका छन् । 

५ बुँदे मागहरू यस प्रकारका छन् :

१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने,

२. वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने,

३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको वर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पूँजी वृद्धि गर्न लगाई दुई वर्षभित्र कमिशन ब्रोकरको ५० करोड र कूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने,

४. ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएम संचालनका लागि तत्काल स्वीकृति दिनुपर्ने,

५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने ।

ज्ञापनपत्र हेर्नुहाेस् :

62a7135f025b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको