Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले गर्दा हामी रोडमा आयौँ अब सरकारलाई रोडमा ल्याउनेछौँ : दिपेन्द्र अग्रवाल

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १६ : ४६ मा प्रकाशित

सरकारले गर्दा हामी रोडमा आयौँ अब सरकारलाई रोडमा ल्याउनेछौँ : दिपेन्द्र अग्रवाल

नेपाली सेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवाल पनि आन्दोलनमा आफ्नो समर्थन जनाउँदै आजदेखि सडकमा उत्रिएका छन् ।

आन्दोलनमा आफ्नो भनाई व्यक्त गर्ने क्रममा उनले मार्केटले बटम लगाइसकेको र यो आन्दोलन सफल भएमा ठूलादेखि साना सबै लगानीकर्ताहरूले प्रलिफल पाउने बताएका छन् ।

सेयर लगानीकर्ताहरूले गर्दा सरकारको रोजी रोटी चलेको उनको तर्क छ । त्यती हुँदा पनि पूँजी बजार सक्याउन लागि परेका सरकारलाई उनले रोडमा लेराउने चेतावनी दिएका छन् । उनले भने, "हामी त रोडमा आइसक्यौँ याद राख तिमीहरूलाई पनि रोडमा लेराउनेछौँ ।"

उनले माैका रहँदै सुध्रिन र नीतिहरू सुधार्न सरकारलाई चेतावनी दिएका छन् ।

अधिकार नपाएसम्म जेलमा कोचे पनि जे गरेपनि आफूहरू नराेकिने उनले बताएका छन् । आन्दोलनमा एकता जगाई ५२ लाख लगानीकर्ताहरूको शक्ति देखाउनका लागि आन्दोलनमा सहभागी हुन उनले सबै लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको