Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको साधारणसभा आज, हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित हुने

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, ०५ : ५९ मा प्रकाशित

जनरल इन्स्योरेन्सको साधारणसभा आज, हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित हुने

जनरल इन्स्योरेन्स कम्पनीको चौँथो वार्षिक साधारण सभा आज जेठ ३१ गते, मंगलबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभाले कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने  प्रस्ताव पारित गर्नेछ ।हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रहेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ३० करोड पुग्नेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको