Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा अर्थमन्त्रीको राजीनामा माग, फिर्ता बोलाउन पार्टीमा छलफल

पत्रपत्रिका

मंगलबार, ३१ जेठ २०७९, ०७ : २४ मा प्रकाशित

संसदमा अर्थमन्त्रीको राजीनामा माग, फिर्ता बोलाउन पार्टीमा छलफल

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई समावेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले शर्माको राजीनामा माग गरेका हुन् ।

एमाले सांसद योगेश भट्टराईले मध्य रातमा पूर्व नायव सुब्बालाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीको राजीनामा माग गरे । बजेट ल्याउने अघिल्लो दिन जेठ १४ गतेको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्व नासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको विषय बाहिरिएपछि सांसद भट्टराईले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

यसैबीच नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल शुरू भएको छ । पार्टीका शीर्ष नेताहरूका बिचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल शुरू भएको बताइएको छ । माओवादीका एक नेताले नेपाल समाचारपत्रलाई शर्मालाई फिर्ता बोलाउने विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराइएको जानकारी दिएका छन् ।

उनका अनुसार शीर्ष तहमा शर्माको विकल्प खोज्ने विषयमा मोटामोटी सहमतिसमेत जुटिसकेको छ । पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई आफ्नो निवास खुमलटार बोलाएर छलफल गरेका थिए । अर्थतन्त्र संकटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादीभित्रै र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि आलोचना हुँदै आएको छ ।

समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको