Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता संगठनहरूको बैठकमा के-के निर्णय भए ?

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १६ : ३१ मा प्रकाशित

लगानीकर्ता संगठनहरूको बैठकमा के-के निर्णय भए ?

नेपालकाे पूँजी बजारमा गर्नुपर्ने सुधार र विकासका कामहरू सरकारले गर्छु भनेकाे समयमा नगर्दा पूँजी बजारमा गम्भिर संकट उत्पन्न भएकाे भन्दै विराेध स्वरूप सेयर लगानीकर्ताहरूकाे आन्दोलन केही दिनदेखि निरन्तर रूपमा भइरहेको छ ।

सोही अन्तर्गत अबका दिनमा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा आज लगानीकर्ता संगठनहरूको बैठक बसेको थियो । उक्त बैठकमा २ वटा विषयमा छलफल भएकाे छ । आन्दोलनका कार्यक्रमका बारेमा र समितिहरू गठन बारेमा छलफल भएको हो ।

पहिलाे निर्णय अन्तर्गत पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सार्वजनिक गरेका १९ बुँदे माग तत्काल पुरा गराउन भोलि असार १ गतेदेखि बिहान ११ बजेबाट आमरण अनसन बस्ने घोषणालाई सबै लगानीकर्ता संगठनका तर्फबाट सर्वसम्मत रूपमा स्वामित्व बोध गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण प्रबन्ध मिलाउने निर्णय भएको छ । 

यसैगरी, आमरण अनसनको बारेमा अन्तिम निर्णय गर्ने अधिकार कोइरालामा रहने, आवश्यक परेका वार्ता समिति गठन गर्ने  र सम्झौतामा हस्ताक्षर पनि कोइरालाले नै गर्ने निर्णय भएको छ ।'

निर्णय नम्बर २ अन्तर्गत आमरण अनसन सुरू हुने दिनदेखि आमरण स्थलमा नियमित रूपमा व्यापक रूपमा लगानीकर्ताहरूको सहभागी गराउने र तय भएका अन्य आन्दोलनका कार्यक्रम सञ्चालन गर्न र त्यसको व्यवस्थापन गर्न समिति गठन गरिएको छ । 

जसअन्तर्गत आर्थिक समितिको संयोजकमा पवित्रा ज्ञवाली र सदस्यमा एसपी चौलागाँई र राजु ओझा रहेका छन् । व्यवस्थापन समितिको संयोजकमा दिपेन्द्र अग्रवाल र सदस्य कुमार ढकाल रहेका छन् । प्रचार समितिको संयोजकमा रोहन कार्की रहेका छन् ।  त्यस्तै मिडिया संयोजन तथा प्रवक्ता समितिको संयोजकमा एसपी चौलागाँई रहेका छन् ।

त्यसैगरी, सबै लगानीकर्ताहरूलाई यस निर्णायक आन्दोलनमा सहभागी भई आ-आफ्नो हैसियत अनुसार सहयोग गर्न आह्वान गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको