Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : मनसुनी प्रभावले मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १० : ५३ मा प्रकाशित

आजको मौसम : मनसुनी प्रभावले मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

हाल प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । 

उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । 

प्रदेश नं १, मधेश र बागमती प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जानकारी दिएको छ ।

राजधानी काठमाडौंमा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ । बुधबार काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव ७ र न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्रि सेल्सियस रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको