Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्याेरेन्सकाे साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

अर्थ संसार

बुधबार, ०१ असार २०७९, ११ : ३४ मा प्रकाशित

जनरल इन्स्याेरेन्सकाे साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा अमृतभोग, कालिकास्थानमा सम्पन्न भएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेश भएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्षसहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुची माथि छलफल गरी पारित भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भयो । साथै उक्त साधारण सभाको सुअवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित GIC NEPAL नामक APP सञ्चालनमा ल्याएको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको