Like us!
Follow us!
Connect us!
Watch us!

वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १३ : ४४ मा प्रकाशित

वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

डिजिटल बैंकिङ्गलाई सँधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्फत विभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ । 

प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरोशेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्यु आर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ । 

वेबसाइट मार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशन/बन्द गर्न/पासवर्ड रिसेट, मेरो शेयरको रजिष्ट्रेशन/नविकरण/पासवर्ड रिसेट, सि. आर. एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्ता/पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन् ।

यी सबै सेवाहरु बैंकको वेबसाइट मार्फत Smart Services वा https://servicerequests.ctznbank.com/ मा गएर प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको