Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको घट्ने क्रम, कहिले उकालो लाग्ला बजार ?

नेप्से

बुधबार, ०१ असार २०७९, १५ : १० मा प्रकाशित

रोकिएन नेप्सेको घट्ने क्रम, कहिले उकालो लाग्ला बजार ?

बुधबार पनि सेयर बजारकाे ओरालो यात्रामा नै निरन्तरता छ । हिजै २ हजारकाे विन्दुभन्दा तल लागेकाे नेप्से आज १९६६ को विन्दुमा झरेको छ ।

सेयर बजार यसरी निरन्तर घट्दा हरेक नेपाली लगानीकर्ता आजित भइसकेका छन् । कतैबाट बजार बढ्ने संकेत देखिएको छैन । लगानीकर्ताहरूको मनसाय नै बजार घट्ने त हो भन्ने भइसक्यो । नियामककै नीतिको चपेटामा परेका लगानीकर्ताहरू बजारमा रौनकता फर्काउन ठूलै गुड न्यूजको पर्खाइमा छन् । अब बजारमा सकारात्मक प्रभाव पार्ने केही ठूलै परिवर्तन नआएसम्म बजार बाउन्स ब्याक हुन नसक्ने विश्लेषकहरूको प्रक्षेपण छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा झरेकाे छ । नेप्से १.५० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ३७८.९० विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।

 

बुधबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १२ कराेड ५७ लाख १४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.७६ प्रतिशतले घटेर २ सय ५० रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको