Like us!
Follow us!
Connect us!
Watch us!

देशभर व्यापक बन्दै आन्दोलन : जिल्ला प्रशासन कास्कीमा लगानीकर्ताले बुझाए १९ बुँदे ज्ञापनपत्र

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १७ : २३ मा प्रकाशित

देशभर व्यापक बन्दै आन्दोलन : जिल्ला प्रशासन कास्कीमा लगानीकर्ताले बुझाए १९ बुँदे ज्ञापनपत्र

पाेखराका लगानीकर्ताहरूले जिल्ला प्रशासन कार्यालय, कास्कीलाई लगानीकर्ताहरूकाे १९ बुँदे माग समेटिएकाे ज्ञापनपत्र बुझाएका छन् ।

ईन्भेष्टर्स फोरम, पोखराका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको नेतृत्वमा १९ बुँदे मागसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई बुझाइएकाे पाेखराका सक्रिय सेयर लगानीकर्ता राजु पाैडेलले अर्थ संसारलाई जानकारी दिएका छन् ।

यसअघि नै पर्वत, गुल्मी, माेरङ, चितवन, बाँके, रूपन्देही, काठमाडाैँ लगायतका जिल्लाहरूमा पनि सेयर लगानीकर्ताहरूले १९ बुँदे माग समेटिएकाे ज्ञापनपत्र बुझाइसकेका छन् ।

पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै केही दिनदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् ।

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईराला आजदेखि आमरण अनसन समेत सुरू गरेका छन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको