Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरले आफ्नै टिएमएस चलाउन पाउने गरी नेप्सेद्धारा विनियमावली संशाेधन, के छ ब्रोकरको तयारी ?

अर्थ संसार

विहीबार, ०२ असार २०७९, ११ : ४८ मा प्रकाशित

ब्रोकरले आफ्नै टिएमएस चलाउन पाउने गरी नेप्सेद्धारा विनियमावली संशाेधन, के छ ब्रोकरको तयारी ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितीले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को (तेस्रो संशोधन) पारित गरेसँगै अब धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) चलाउन पाउने भएका छन् । 

नेप्सेको सञ्चालक समिती बैठकले दोस्रो बजार अब शुक्रबार ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने निर्णय समेत गरेको छ । लामो समय देखि ब्रोकरहरुले आफ्नै टिएमएस चलाउन माग गरिरहेका थिए । हालसम्म ब्रोकरहरुले नेप्सेकै टिएमएस प्रणाली चलाई रहेका छन् । ब्रोकरले आफ्नै टिएमएस जडान गर्न सक्ने गरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले विनियमावली संशोधन गरेको हाे ।

‘हामीले धितोपत्र कारोबार सञ्चालन विनियमावलीलाई संसोधन गरेर ब्रोकरले नै टिएमएस सञ्चालन गर्न पाउने व्यवस्था गरेका छौँ उक्त निर्णय अब ५ गतेदेखि लागु हुन्छ’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने ‘ब्रोकरले अहिलेकै टिएमएस चलाउछौँ भने पनि पाउँछन् हैन हामी हाम्रो आफ्नै टिएमएस बनाएर चलाउँछौ भने पनि पाँउछन् तर अन्तराष्ट्रिय मापदण्ड भने पुरा भएको हुनुपर्छ ।'

नेप्सेले विनियमावलीको संसोधन पारित गरेसँगै ब्रोकरहरुले पनि आफ्नै टिएमएस सञ्चालनको तयारी गरेका छन् । विनियमावलीको संशाेधनलाई पारित गर्न केही ढिलाई भएकोले नयाँ आर्थिक वर्षको सुरुवतामै नयाँ टिएमएस सञ्चालन गर्न सम्भव नभएको बताउँछन् ब्रोकर एसोशियसनका अध्यक्ष सन्तोष मैनाली । 

‘विनियमावली अनुसार धेरै परिवर्तन गर्नुपरेन भने हाम्रो टिएमएस करिब करिब तयारी अवस्थामा नै छ, त्यसलाई हामीले नेप्सेमा आवेदन दिएर नेप्सेले स्विकृती दिएपछि इन्डिकेट गरेर डिस्टिङ गर्न त केही समय लाग्ला’ अध्यक्ष मैनालीले भने ‘नियमावलीमा कुनै बाधा व्यवधान भएन र नेप्सेबाट राम्रो सपार्ट पायौँ भने करिब दशैसम्ममा हामि हाम्रै टिएमएस सञ्चालनमा ल्याँउछौ’ । 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको