Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूलाई मार्जिन कल रोक्न आन्दोलनरत लगानीकर्ताको चेतावनी

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १६ : ३५ मा प्रकाशित

बैंकहरूलाई मार्जिन कल रोक्न आन्दोलनरत लगानीकर्ताको चेतावनी

बैंकहरूलाई मार्जिन कल रोक्न आन्दोलनरत लगानीकर्ताहरूले चेतावनी दिएका छन् ।

आमरण अनसनरर्त पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले मार्जिन कल रोकी अहिलेको यस्तो अफ्ठ्यारो परिस्थितिमा लगानीकर्ताहरूलाई साथ र सहयोग गर्न बैंकहरूलाइ आग्रह गरेका छन् । 

यस्तो बेलामा लगानीकर्ताहरूलाई बैंकहरूले सहयोग नगरेमा १९ बुँदे मागमा समेटिएको बैंकका सहायक कम्पनीहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्ने प्रस्ताव मागबाट हटाइने उनले चेतावनी दिएका छन् । 

सोही विषयमा चेतावनी दिन अहिले लगानीकर्ताहरूको एक समूह वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनका अध्यक्षलाई पनि भेट्न जाँदैछन् ।

पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै केही दिनदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् । विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले हिजाेदेखि आमरण अनसन समेत सुरू गरेका छन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको