Like us!
Follow us!
Connect us!
Watch us!

अनसन स्थलबाट कोइरालाको अपिल : सरकारको बहानाबाजी खेदजनक, आन्दोलनलाई थप सशक्त बनाऔँ

अर्थ संसार

विहीबार, ०२ असार २०७९, १७ : ४१ मा प्रकाशित

अनसन स्थलबाट कोइरालाको अपिल : सरकारको बहानाबाजी खेदजनक, आन्दोलनलाई थप सशक्त बनाऔँ

पूँजी बजार सुधारका लागि तिलक काेइराला आमरण अनसन बसेका आज दोश्रो दिन हो । दाेश्राे दिनसम्म पनि नियामक निकायहरू समस्या समाधान गर्न अग्रसर नरहनु अत्यन्तै दु:खद एवं खेदजनक रहेकाे पूँजी बजार सुधार संघर्ष समितिले जनाएकाे छ ।

आज एक अपिल सार्वजनिक गर्दै २०७५ सालदेखि पटक-पटक आन्दोलन र लगानीकर्ताहरूकाे अनुनय विनयलाई कमजोरी ठानी सरकारले पूजी बजारको संवेदनशिलता र लाखौँ लगानीकताको लगानीलाई बेवास्ता गरेकाले यही जेठ २० गतदेखि सडक आन्दोलन समेत गरिएकाे तर सरकारले विगत साढे तिन वर्ष अघि नै कायान्वयन गरी सक्ने प्रतिवद्धता जाहेर गरेको कुरालाई महत्व नदिएर उल्टै बहानाबाजी गरेर बसेकाे बताइएकाे छ । 

पूँजी बजारले देशभित्र छरिएर रहेका स-सना बचतलाई एकत्रित गरि उत्पादन मुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने हुनाले अर्थतन्त्रको सुधारका लागि पनि पूँजीबजारको विकास तथा विस्तार हुनु अपरिहार्य एवं अनिवार्य रहेकाे समितिले जनाएकाे छ ।

पूँजी बजारलाई लक्षित गरी विभिन्न सरकारी तथा नियामक निकायहरुले नियतवस निर्मम ढंगले लगानी र लगानीकर्तालाई हतोत्साही गर्ने गरी अस्थिर नीति नियमहरू निर्माण गर्ने गराउने हुनाले समग अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्दै लगेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएकाे छ, "यदि सरकार तथा तालुकदार नियामकहरुले यथासिघ समस्या समाधानका लागि उचित पहल नगरेमा यसबाट सम्पूर्ण वित्तीय क्षेत्रनै धरासायी हुन सक्ने तथा देशभित्र लगानीको वातावरण निरुत्साहित गरिएको कारणले पूँजी पलायन समेत भएको अवस्था विद्यमान छ। सो अवस्थाले गर्दा पूँजी बजारका लगानीकर्ता मात्र प्रभावित नभई आम नागरिकले समेत यसको ठूलो मल्य चुकाउनु पर्ने अवस्था सिर्जित भएको छ । यो आमरण अनसन नेपालका ५२ लाख लगानीकता, लगानीकताका संघ/संगठन र सरोकारवालाहरुको साझा आन्दोलन भएको छ त्यसैले आम लगानीकर्ता, सम्बन्धित संघ/सस्था, ब्रोकरहरु, बैंकर एसोसियसन मर्चेन्ट बैंकरहरु राजनितिक दलहरू, कलाकारहरु, नागरिक समाज, मानव अधिकार कर्मीहरु एवं विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा योगदान पर्याउनु भएका व्यक्तित्वहरुले समेत यस आमरण अनसन सहितको आन्दोलनमा ऐक्यवद्धता जनाईदिन र यस आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउनका लागि सहयोग पुर्याईदिनु हुन हार्दिक अपिल गर्दछौं ।"

विज्ञप्ति हेर्नुहाेस् :

62ab1db4ccbba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको