Like us!
Follow us!
Connect us!
Watch us!

सडकबाट लगानीकर्ताको नारा : गभर्नरलाई फासी दे ! जुवाघर बन्द गर !

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १५ : २६ मा प्रकाशित

सडकबाट लगानीकर्ताको नारा : गभर्नरलाई फासी दे !  जुवाघर बन्द गर !

सेयर लगानीकर्ताहरूले यतिबेला लाल्टिन जुलुस गरिरहेका छन् । धितोपत्र बोर्डको कार्यालय अगाडिबाट सुरू भएको यो जुलुस सातदोबाटोसम्म पुग्नेछ ।

जुलुसमा लगानीकर्ताहरूले "गभर्नरलाई फासी दे, जुवाघर बन्द गर" काे नारा घन्काइरहेका छन् । यसबाहेक, "लगानीकर्ता सडकमा छन् अर्थमन्त्री कहाँ छन्, स्थिर ब्याजदर लागू गर !, बैंकलाई ब्रोकर लाइसेन्स दे !, ४/१२ को नीति खारेज गर !, नीतिगत भ्रष्टाचार अन्त्य गर !" लगायतका नारा चर्किएकाे छ ।

लामाे समय अघिदेखि नै लगानीकर्ताहरूले गभर्नरकाे बहिर्गमनकाे माग गरिरहेका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजी बजारका लागि गलत रहेका लगानीकर्ताहरूको आरोप छ । लगानीकर्ताहरूले बारम्बार गभर्नरको नियतमा नै खोट रहेको बताउँदै आइरहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको