Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरलाई खुल्लापत्रः लगानीकर्ताको ज्यान तलमाथी पर्यो भने तपाईलाई कलंकको टिका लाग्ने छ !

नबराज घिमिरे

अर्थ संसार

आइतबार, ०५ असार २०७९, ०६ : १३ मा प्रकाशित

गभर्नरलाई खुल्लापत्रः लगानीकर्ताको ज्यान तलमाथी पर्यो भने तपाईलाई कलंकको टिका लाग्ने छ !

गभर्नर ज्यू , नमस्कार !! 

म एउटा सामान्य नागरिकको हैसियतले र अझ भनौ हजुरको बच्चा र मेरो बच्चा एउटै मेडिकल कलेजबाट र एउटै ब्याच ( दुबै धेरै मिल्ने साथी ) भै MBBS पास  गरेको नाताले हजुर प्रति ज्यादै भक्तिभाबका साथ केही शब्दहरु कोर्दैछु । हजुरले अबश्य पढनु होला मेरो अनुरोध छ । 

म आज दिउसो १ बजे खुमलटार पुगेको थिए । त्यहाको माहौल देख्दा सेयर लगानीकर्ताको मनस्थिती पुरै बिग्रिसकेको रहेछ । लगानीकर्ता तिलक कोईरालाजीको स्वास्थ्य दिनानु दिन बिग्रदो रहेछ । झन यिनको ज्यान नै तलमाथी पर्यो भने हजुरलाई बोकिनसक्नुको कलंकको टिका लाग्ने छ । त्यसैले मैले देखेको  यहाँले समाल्न चाहेमा यहाँको टेवलबाट नै समालिन्छ । यहाँलाई बिनम्रता पूर्बक हर्दिक अनुरोध गर्न चाहन्छु की भोली नै यो ४-१२ को क्याप खोलि दिनुहोस् र CD लाई CCD मा लगिदिनुहोस् । हजुरले यति गरे आन्दोलन पनि रोकिन्छ । धेरै जनाको ज्यान सही सलामत रहन्छ भन्ने मलाई लाग्छ । 

हजुर पनि यही देशको नागरिक हो । यि ५२ लाख डिम्याट धारी लगानीकर्ता पनि यही देशकै नागरिक हुन । समय छदै हजुरले एउटा यूगान्तकारी काम गरेर देखाई दिनुहोस् त , यि लगानीकर्ताले हजुरको कति जय जयकार गाउने थिए । यति अनुमय बिनय गरि ज्यान नै आहुति दिन खोज्दा पनि हजुरले यता तर्फ किन सोच्नु भएन । लगानीकर्ताको चित्कार हजुरले सुन्नु भएको छैन र ? गभर्नर ज्यू म त्यती धेरै आन्दोलनको बिषयमा त जान्दिन । तर म आज खुमलटार पुग्दा जे देखेँ त्यो सबिस्तार लेख्न आँट गरेको मात्र हुँ   । 

अन्तमा, 

गभर्नर ज्यू 'झिँझाले मूढे पोल्छ' भन्ने एउटा प्रचलित नेपाली उखानलाई पनि यतिबेला मैले सम्झिरहेको छु ।  हजुर संग समय छदैछैन । यो काम हजुरको टेबलबाट भोली नै टुड्ं्याउदा बेस होला । अन्यथा स्थिती झन नाजुक भएर जानेछ । एकै साथ धेरै नागरिक बिल्लिबाठ हुदै छन । अझ केही दिन यही अबस्था रहिरहेमा केही लगानीकर्ताले आत्महत्या सम्म गरेको खबर हजुरको कानमा गुन्जिने छ । पक्कै पनि हजुरले बुद्दिमता पूर्ण ढंगले यो बिषम परिस्थितीलाई समाल्नु हुनेछ भन्ने आशा तथा बिश्वास राख्दै मैले गलत लेखेको भए माफी माग्दै बिदा हुन्छु । 

हजुरको शुभचिन्तक !! 

नबराज घिमिरे 
बुढानिलकण्ठ -१० काठमाण्डौ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको