Like us!
Follow us!
Connect us!
Watch us!

'लगानीकर्ताको मागप्रति प्रधानमन्त्री संवेदनशिल हुनुहुन्छ, उहाँकै आग्रहमा म यहाँ आएको हुँ'

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १५ : ०२ मा प्रकाशित

'लगानीकर्ताको मागप्रति प्रधानमन्त्री संवेदनशिल हुनुहुन्छ, उहाँकै आग्रहमा म यहाँ आएको हुँ'

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवमं प्रवक्ता डा. प्रकाश शरण महत पनि आन्दोलनमा समर्थन जनाउँदै अनसन स्थल पुगेका छन् । 

सेबाेनस्थित लगानीकर्ताकाे अनसन स्थलमा पुगी उनले अनसनरत पूँजी बजार सुधार संघर्ष समितिका तिलक काेइरालालाई भेटेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाकाे निकट मानिन्छन् ।

अनसन स्थल पुगी कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा लगानीकर्ताहरूकाे मागप्रति संवेदनशिल रहेका बताएका छन् । प्रधानमन्त्रीकै आग्रहमा आफू अनसन स्थल आएकाे पनि उनले बताए । 

कुराकानी कै क्रममा उनले सेयर लगानीकर्ताहरूकाे १९ बुँदे माग जायज रहेकाे भन्दै उक्त मागहरू यथासक्य पुरा गर्न सबै नियमनकारी निकायहरूले ध्यान दिनु जरूरी रहेकाे बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको