Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका कर्मचारी र ग्राहकले द क्लिफमा बन्जी लगायतका एड्भेन्चर गर्दा छुट पाउने

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १८ : ०५ मा प्रकाशित

प्रभु बैंकका कर्मचारी र ग्राहकले द क्लिफमा बन्जी लगायतका एड्भेन्चर गर्दा छुट पाउने

 नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसंग साझेदारी गरेको छ । साझेदारीसंगै प्रभु बैंकका कर्मचारी र प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर गतिविधि गर्दा दस प्रतिशत नगद छुट प्राप्त गर्नेछन् ।

प्रभु बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत भुक्तानी गरि छुट प्राप्त गर्न सकिने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए । ग्राहकलाई छुट दिने साझेदारीमा प्रभु बैंकको मुख्य ब्यवसाय केन्द्र अधिकारी शान्ति सेरचन र द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।

आफ्ना ग्राहकलाई मुलुककै ट्रेन्डिङ एड्भेन्चर हबमा छुट दिलाउन पाउँदा खुसी लागेको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए । द क्लिफको रिसोर्ट तथा एड्भेन्चर परियोजना निर्माणको समयमा समेत प्रभु बैंकले ऋण लगानी गरेको थियोे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको