Like us!
Follow us!
Connect us!
Watch us!
४/१२ काे नीति सही छैन

लगानीकर्ताको माग सम्बोधन गर्न अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १४ : ५७ मा प्रकाशित

लगानीकर्ताको माग सम्बोधन गर्न अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

नेपाली कांग्रेसका प्रवक्ता एबं पुर्वमन्त्री प्रकाश शरण महतले लगानीकर्ताका माग सम्बोधन गर्न प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसकेको बताएकाछन् ।

अर्थसंसार संगको कुराकानीमा प्रवक्ता महतले भने ‘प्रधानमन्त्रीले लगानीकर्ताहरुका जायज मागहरु पुरा गर्न अर्थमन्त्रीलाई निर्देशन दिईसक्नु भएको छ अब छिट्टै लगानीकर्ताहरुको माग सम्बोधन हुन्छ लगानीकर्ताहरुको मागप्रति सरकार सकारात्मक छ ।’ 

अर्को प्रसंगमा बोल्दै महतले भने ‘सेयर कर्जामा जसरी ४ १२ को क्याप लगाईएको छ वास्तवमा त्यो आवश्यक नै छैन यो खारेज नै हुनुपर्छ ।’ 

आइतबार अनसनरत लगानीकर्ता तिलक कोईरालालाई भेट्दै महतले लगानीकर्ताहरुको माग सम्बोधनका लागि पहल गर्ने बताएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको