Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको समर्थनमा अनसन स्थल पुगे राप्रपा नेता, सडकदेखि सदनसम्म साथ दिने प्रतिवद्धता

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १७ : ३३ मा प्रकाशित

लगानीकर्ताको समर्थनमा अनसन स्थल पुगे राप्रपा नेता, सडकदेखि सदनसम्म साथ दिने प्रतिवद्धता

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सेयर लगानीकर्ताहरूकाे आन्दोलनमा समर्थन जनाउँदै अनसन स्थल पुगेका छन् । 

सेबाेनस्थित लगानीकर्ताकाे अनसन स्थलमा पुगी उनले अनसनरत पूँजी बजार सुधार संघर्ष समितिका तिलक काेइरालालाई भेटेका छन् । उनीसँगै प्रवक्ता ज्ञानेन्द्र शाही पनि अनसन स्थल पुगेका छन् । 

लगानीकर्ताहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले सरकारले हालसम्म संवाद पनि नगर्नु अत्यन्तै दुख:दायी रहेकाे बताएका छन् । राप्रपा पार्टीकाे तर्फबाट खेद प्रकट गर्दै उनले सरकारकाे ध्यानाकर्षण जनाएका छन् ।

उनले सडक, सदन सबै मोर्चाहरूमा आफ्नो व्यक्तिगत र राप्रपा पार्टीको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । 

लगानीकर्ताहरूको सबै मागहरू जायज रहेको भन्दै सेयर बजार अर्थतन्त्रसँग सम्बन्धित विषय रहेको उनी बताउँछन् । सेयर बजारको असफलताले अर्थतन्त्रलाई प्रभाव पार्ने र अर्थतन्त्र प्रभावमा पर्दा अन्य क्षेत्रहरू पनि प्रभावमा पर्ने बताए ।

त्यस्तै, प्रवक्ता ज्ञानेन्द्र शाहीले अर्थतन्त्रमा समस्या र डलरमा हाहाकार भएकाे बेला पूँजी बजारलाई ध्वस्त पार्न खाेज्नु भनेकाे देश नै दुर्घटनामा पार्न खाेज्नु रहेकाे बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको