Like us!
Follow us!
Connect us!
Watch us!

एयरपोर्टबाटै अनसनस्थल पुगेर अध्यक्ष हमालले भने-‘मन्त्री ज्यूसंग बसेर भोलि ठोस योजना दिन्छौ’

अर्थ संसार

सोमबार, ०६ असार २०७९, २१ : ३६ मा प्रकाशित

एयरपोर्टबाटै अनसनस्थल पुगेर अध्यक्ष हमालले भने-‘मन्त्री ज्यूसंग बसेर भोलि ठोस योजना दिन्छौ’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ७ दिनदेखि आमरण अनसनमा बसिरहेका पूँजी बजार सुधार संघर्ष समितीका अध्यक्ष तिलक कोईरालालाई भेटेका छन् । एक साताको बिदामा देशबाहिर गएका हमाल आजै स्वदेश फर्किएका हुन् एयरपार्टबाट सिधै अनशनस्थलमा पुगेका थिए ।

अनशनस्थलमा पुगेर हमालले समितीले लगानीकर्ताका मागहरुका बिषयमा दफावार छलफल गरी भइसकेका काम र हुन बाँकी काम कहिलेसम्म सक्ने भनेर तयार पारेको बताएका छन् । उनले भने ‘म आएको तिन महिना भयो यो तिन महिनामा कामको अनुगमनका लागि म जिम्मेवार छु, कतिपय तपाईहरुले माग गरेका कुराहरु कार्यन्वयनमा गइसके अब ब्रोकरले आफ्नै टिएमएस चलाउन सक्छन् ।’

हमालले आँफुले योजना बनाएर लगानीकर्ताहरुलाइै बिश्वास दिलाउने गरी काम गर्ने समेत बताए । ‘यहाँहरुलाई विश्वास दिलाउने गरेर काम गर्छौ, मन्त्री ज्यूसंग हामि भोलि बसेर तपाईहरुलाई ठोस योजना ल्याएर दिन्छौ हमालले भने’ ‘यो मेरो बाहिर जाने कार्यक्रम ३ महिना पहिले नै फिक्स भएको थियो मैले तपाईहरुलाई भनेको पनि थिए म घरपनि नगई यहाँ आएको छु तिलकजीले एक्सन खोज्नु भएको छ हामिले बुझेका छौ ।’  

‘’   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको