Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको पत्रकार सम्मेलनपछि लगानीकर्ता झनै आक्रोशित

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १८ : १८ मा प्रकाशित

सेबोनको पत्रकार सम्मेलनपछि लगानीकर्ता झनै आक्रोशित

नियामक निकाय नेपाल धितोपत्र बोर्डले आयोजना गरेको पत्रकार सम्मेलन भर्खरै सक्किएको छ । बोर्डले पत्रकार सम्मेलनको नाममा नौटङ्की गरी लगानीकर्ताहरूलाई भुलाउने काम मात्रै गरेको भन्दै लगानीकर्ताहरू झनै आक्रोशका साथ सडकमा उत्रिएका छन् । 

लगानीकर्ताहरूको धैर्यताको बाँध फुटिसकेको भन्दै लगानीकर्ताहरूले सेबोनको कार्यालय अगाडि उभिएर नारा लगाइरहेका छन् । अराजकताको परकाष्टा नाघ्नुपर्ने अवस्था आएको भन्दै अब दमन नसहने लगानीकर्ताहरूको अभिव्यक्ति छ । "नालायक सरकार कुर्सी छाेड् !" भन्ने नारा ब्यापकसँग गुञ्जिएकाे छ ।

आफ्ना मागहरू सम्बोधन नभएसम्म बरू सडकमै सुत्ने तर पछि नहट्ने लगानीकर्ता बताउँछन् । ७ दिनदेखि अनसनरत तिलक कोईरालाको स्वास्थ्य अवस्था दिनानुदिन गम्भिर बन्दै गइरहेको अवस्थामा पनि सरकार संवेदनशिल नबनेको भन्दै आन्दोलनरत लगानीकर्ताहरूले सरकारप्रति खेद प्रकट गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको