Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारका समस्या समाधानमा अग्रसरता लिन प्रधानमन्त्रीलाई गगन र विश्वप्रकाशको आग्रह

अर्थ संसार

बुधबार, ०८ असार २०७९, ०७ : ४० मा प्रकाशित

सेयर बजारका समस्या समाधानमा अग्रसरता लिन प्रधानमन्त्रीलाई गगन र विश्वप्रकाशको आग्रह

नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार प्रधानमन्त्री देउवासंग सोमबार भेटबार्ता गरेका थिए । उक्त भेटवार्तामा महामन्त्रीद्धयले अहिले सेयर बजारमा देखिएका समस्या समाधानका लागि अग्रसरता लिन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए । 

सेयर बजारको असन्तुलनले अर्थतन्त्रमै गम्भीर असर पर्नसक्ने भन्दै उनीहरुले प्रधानमन्त्री देउवालाई यसको बारेमा पनि सम्बन्धित निकायलाई बोलाएर छलफल गर्न सुझाएका हुन् । महामन्त्री थापाले बजारमा देखिएका समस्याका बिषयमा प्रतिनिधीसभा बैठकमा समेत आवाज उठाएका थिए । 

गत बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले संकुचित नीतिका कारण सेयर बजार प्रभावमा परेको बताएका थिए ।

विश्वव्यापी रूपमा सेयर बजारलाई अर्थतन्त्रको परिसूचकको रूपमा हेर्ने गरेको पाइन्छ । सेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताहरूको मात्र नभएर समग्र अर्थतन्त्रको समुन्नति तर्फ अघि लैजान्छ । र विगत लामो समयदेखि नेपालको सेयर बजार अस्थिर भएको छ । विसं २०७८ साल भाद्र २८ गते ३१९८ को उच्चतम विन्दुमा पुगेको नेप्से हिजो १९९९ मा झर्यो । यस्तो परिघटनाले सेयर बजारको विश्वसनियतामा नकरात्मक प्रभाव पर्ने नै भयो । यो सँगै धेरै साना लगानीकर्ताहरूलाई उठ्न नसक्ने बनाएको थापको तर्क थियो ।

सामान्य अवस्थामा सेयर बजार तलमाथि हुनु नियमित प्रकृया भएपनि कुनै अस्थिर नीतिका कारणले गर्दा बजारको ह्रासले अहिलेको विद्यमान र सम्भावित सबै लगानीलाई बजारबाट निरूत्साहित गरेको उनले  बताए । बजारमा रहेको तरलता अभावले सेयर बजारमा समस्या ल्याउनु स्वभाविक रहेपनि राष्ट्र बैंकले लिएको सेयर बजारमा कर्जालाई संकुचन गर्ने नीतिका कारण बजार यस्तो अवस्थामा आएको भनिएको बारेमा ध्यानाकर्षण हुनु जरूरी रहेको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको