Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापाले भेटे गभर्नरः पूँजी बजारका समस्या सम्बोधनको आग्रह

अर्थ संसार

शुक्रबार, १० असार २०७९, १० : २६ मा प्रकाशित

गगन थापाले भेटे गभर्नरः पूँजी बजारका समस्या सम्बोधनको आग्रह

नेपाली कांग्रेसका महामन्त्री एबं प्रतिनिधीसभा सदस्य गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी पूँजी बजारमा देखिएका समस्याहरुको सम्बोनका लागि आग्रह गरेका छन् । 

महामन्त्री थापाले गर्भनरसंगको भेटको पुष्टि गर्दे आफ्नो फेसबुकमा लेखेका छन् ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको  समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको छु । अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।’ 

महामन्त्री थापाले केहि दिन अघि प्रधानमन्त्रीलाई भेटी पूँजीबजारका समस्या समाधानका लागि अग्रसरता लिन आग्रह समेत गरेका थिए भने प्रतिनिधीसभा बैठकमा समेत उनले सेयर बजारका बिषय उठाएका थिए ।

62b540ce3a5fe.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको