Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, ०८ असार २०७९, ११ : १९ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकको लिलामी सेयर भर्ने आज अन्तिम माैका

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले असार १ गते, बुधबारदेखि बिक्री खुल्ला गरेकाे लिलामी सेयर भर्ने आज (असार ८ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले २ हजार ८ सय १८ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गरेकाे थियाे । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ/संस्थाहरूले आजसम्म आवेदन दिन सक्नेछन् ।

उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सेयर खरिद खर्दा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

त्यसैगरी, बैंककाे सेयर बिक्री प्रबन्धककाे काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी, काठमाडौं तथा सेञ्चुरी बैंककाे ताेकिएका शाखा कार्यालयहरूमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको