Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरलाई शेखर गोल्छाको अनुरोध : ४/१२ को नीति पुनर्विचार गरियोस्

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १४ : ४९ मा प्रकाशित

गभर्नरलाई शेखर गोल्छाको अनुरोध : ४/१२ को नीति पुनर्विचार गरियोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गभर्नरलाई ४/१२ को नीति पुनर्विचार गर्न अनुरोध गरेका छन् ।

आगामी मौद्रिक नीतिका बारेमा आयोजना गरिएको बृहत छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिँदै उनले सेयर धितो कर्जामा लगाइएको ४/१२ को नीतिको बारेमा पुनर्विचार गर्न अनुरोध गरेका हुन् ।

तरलताका अभावका कारण यो नीति ल्याइएको भएतापनि यस नीतिका कारण समग्र बजारमा निराशा छाएको भन्दै उनले यसलाई पुनर्विचार गर्नपर्ने बताएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा लगाइएको ४/१२ को नीतिका कारण समग्र पूँजी बजारमा संकट आएको भन्दै विभिन्न व्यक्तिहरूले विभिन्न चरणमा यसको विरोध गर्दै आइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको