Like us!
Follow us!
Connect us!
Watch us!

कार्यान्वयन समिति गठन गर्दै सेबोन, आजै अनशन तोडिन सक्ने

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १७ : ०४ मा प्रकाशित

कार्यान्वयन समिति गठन गर्दै सेबोन, आजै अनशन तोडिन सक्ने

पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला विभिन्न १९ बुँदे मागसहित ८ दिनदेखि आमरण अनशन बसिरहेका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले कार्यान्वयन समिति गठन गर्ने घाेषणा गरेसँगै आजै अनसन तोडिन सकिने भएकाे छ । तर अनसन ताेड्ने नताेड्ने भन्ने निर्णय भने काेइरालाकाे एकल निर्णय हुनेछ । 

धिताेपत्र बाेर्डले लगानीकर्ताहरूका माग सम्बाेधन एवमं कार्यान्वयन गर्न कार्यान्वयन समिति गठन गर्ने भएकाे छ । उक्त समितिमा लगानीकर्ताहरूको तर्फबाट ४ देखि ५ जना र सेबोनको तर्फबाट २ जना हुनेछन् । लगानीकर्ताको तर्फबाट कसलाई सिफारिस गर्ने भन्ने कुरा तिलक कोइरालाको एकल निर्णय हुनेछ ।

उक्त कार्यान्वयन समितिका सदस्यहरू छलफलमा सहभागी हुनेछन् । सो समितिले कुन-कुन काम कुन मिति भित्र सम्पन्न गर्ने भन्ने कुरा तय गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको