Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको भिसा कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १७ : ५१ मा प्रकाशित

कुमारी बैंकको भिसा कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

कुमारी बैंक लिमिटेडले भिसा ईन्टरनेशनलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ । 

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल/ईन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् । 

विदेशबाट भिसा डाईरेक्ट (VISA Direct) मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले व्यक्त गरेका छन् । फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिट/क्रेडिट एवं प्रिपेडमा सोझै प्राप्त गर्न सक्ने छन् । 

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणाली मार्फत गरिएका प्रत्येक १५ हजार रूपैयाँ भन्दा बढीको भिसा डाइरेक्ट कारोबारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम  ५ सय रूपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको