Like us!
Follow us!
Connect us!
Watch us!

आरजु राणा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १८ : ०२ मा प्रकाशित

आरजु राणा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा

प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी छन् ।

कालीगण्डकी नदि खोँचमा नदिदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा देउवाले नेपाली काङ्ग्रेसका नेता अर्जुन जोशी लगायत कार्यकर्तासँगै बसेर आनन्द लिएकी हुन् ।

पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफिसहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिव्यक्ती दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ ।

पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने उद्देशले स्काइ क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको