Like us!
Follow us!
Connect us!
Watch us!

आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १८ : ११ मा प्रकाशित

आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ । 

श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाईका ७ वटा हिमालको सफल आरोहण गरेकी थिइन् । उनले एकै सिजनमा तीन वटा हिमालको पनि सफल आरोण गरेकी थिइन् ।

यस्तै पटकथा र सिर्जनशिलतामा विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फिस्टिभलमा लोरी चलचित्रमार्फत स्पेशल मेन्सन अवार्ड जितेका थिए । 

परिसंघको उपाध्यक्ष समेत रहेका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दिपकराज जोशीले उनीहरुको उपलब्धीको प्रशंसा गर्दै सम्मान गरेका छन् । 

उनीहरुको यस सफलताले नेपालको पर्यटन प्रवद्धनमा थप योगदान पुग्न गएको परिसंघको विश्वास छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको