Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर सोलु हाइड्रोको आईपिओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

विहीबार, ०९ असार २०७९, ०७ : ११ मा प्रकाशित

अप्पर सोलु हाइड्रोको आईपिओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वैशाख २२ गते देखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ बाँडफाँड असार ८ गते आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  एनएमबि क्यापिटल को कार्यलयमा सम्पन्न भएको छ ।

कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिएका थिए । 

रेटिङ एजेन्सी  इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेट गर्दछ।

सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको वेवसाइट www.nmbel.com.ni बाट हेर्न सकिने छ ।

62b3c28bca137.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको