Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर सोलु हाइड्रोको आईपिओमा आजदेखि आवेदन दिन पाईने

अर्थ संसार

सोमबार, २० असार २०७९, ०६ : ४८ मा प्रकाशित

अप्पर सोलु हाइड्रोको आईपिओमा आजदेखि आवेदन दिन पाईने

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा  आज असार २० गतेदेखि आवेदन दिन सक्नेछन् । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख २० हजार ४७५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटोमा असार २३ गतेसम्म ढीलोमा साउन २ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

रेटिङ कति ?

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको