Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व गभर्नर क्षेत्री भन्छन्, 'नेपालको अर्थतन्त्र डराउनुपर्ने ठाउँमा छैन, सावधानी अपनाऊँ मात्रै भनेको हो '

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १४ : २८ मा प्रकाशित

पूर्व गभर्नर क्षेत्री भन्छन्, 'नेपालको अर्थतन्त्र डराउनुपर्ने ठाउँमा छैन, सावधानी अपनाऊँ मात्रै भनेको हो '

राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपालको अर्थतन्त्र डराउनुपर्ने अवस्थामा नरहेको बताएका छन्।

नेपाल र श्रीलंका वा पाकिस्तानको अवस्थाको तुलनै गर्न नमिल्ने बताउँदै उनले नेपालको अवस्था त्यस्तो गम्भीर हुने सम्भावना नरहेको पनि बताएका छन्। एक अन्तर्वार्तामा बोल्दै क्षेत्रीले अहिले सबै अर्थाशाश्त्री तथा बुद्धिजीविहरुले अलिकति सावधानी अपनाए अझ राम्रो हुन्छ मात्रै भन्न खोजेको बताएका छन्।

'श्रीलंकाका प्रधानमन्त्रीले एक दिनलाई मात्रै आयात गर्न पुग्ने इन्धन छ, भारतले २५ करोड डलर दिन्छु भनेको छ, त्यसपछि मात्रै अलिकति आयात गर्न सकिन्छ कि क्या हो भन्ने कुरा गरिरहेका छन् तर हामीसंग त पछिल्लो एक वर्षमा जुन अनुपातमा बस्तु तथा समानहरु आयात गरीए, त्यसकै अनुपातमा आयात गर्ने हो भने पनि करिब ६.५ महिनालाई आयात गर्न पुग्ने विदेशी मुद्राको संचिति रहेको छ र यदि नेपालले विदेशमा जम्मा गरेर राखेको सुन र मोनिटरी फन्डमा राखेको पैसाको पनि हिसाब गर्ने हो भने ७.५ महिना भन्दा बढीलाई पुग्ने संचिति नेपालसँग छ।' उनले भनेका छन्। 

सरकारले मात्र नभएर सबैले आयातित बस्तुको प्रयोगमा कमी ल्याउने हो भने नेपालको अर्थतन्त्र सामान्य अवस्थामै रहने पनि उनको विश्लेषण रहेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको