Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार जुवा हो, नेपालमा यसको आवश्यकता छैन : माओवादी नेता मण्डल

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १६ : ०८ मा प्रकाशित

सेयर बजार जुवा हो, नेपालमा यसको आवश्यकता छैन : माओवादी नेता मण्डल

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवमं प्रतिनिधि सभा सदस्य शिव कुमार मण्डलले सेयर बजार जुवा भएको बन्दै यसलाई नेपालमा बन्द गर्नुपर्ने बताएका छन् । एक टेलिभिजन अन्तरवार्तामा बाेल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । 

‘मैले संसदमा कति माननियहरुले सेयर बजारका बारेमा कुरा गरेको सुनेँ’ उनले भने ‘सेयर भनेको जुवा हो, उत्पादनमा लगाउनुपर्ने पूँजी सेयरमा लगाँउदा मुलुकको अर्थतन्त्र बर्बाद बनाउने नेपालमा सेयर बजार आवश्यक नै छैन यो बन्द गर्नुपर्छ ।’ 

उनले सोहि क्रममा सेयर बजारमा लगानी गर्नुभन्दा बरु कलकारखाना र हाइड्रोपावरमा लगानी गर्नुपर्ने धारणा समेत व्यक्त गरेका छन् । 

उनीसँगै अन्तरर्वातामा सहभागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले सेयर बजारलाई जुवा भन्न नसकिने बताउँदै उनले भने ‘यदि सेयर गलत हो भने राज्यले बन्द गर्नुपर्छ हैन सही हो राज्यलाई आवश्यक छ भने यसलाई व्यवस्थापन गर्ने उपाय खोज्नुपर्छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको