Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पेको  ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १६ : ५६ मा प्रकाशित

आइएमई पेको  ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित “आइएमई पे” ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुत्तानी गर्दा दिनभरीमा १०% छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्नेछ । उक्त अफर यहीँ असार १०, २०७९ शुक्रबारकाका दिन १ दिनको लागि मात्र मान्य हुनेछ । 

अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउँनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर  ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त गर्न सक्दैन ।   

आइएमई पे नेपालकै अग्रणी फिनटेकमध्ये एक हो जसले डिजिटल वालेटका सबै सुविधाका साथै अन्य आर्थिक लाभहरू प्रदान गरिरहेको छ । वित्तीय समावेशीताको सामूहिक लक्ष्यका साथ आइएमई पे आफ्ना सेवाहरू एक सरल तर प्रभावकारी एप मार्फत देशका हरेक कुना–कुनामा उपलब्ध गराउनमा केन्द्रित रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको