Like us!
Follow us!
Connect us!
Watch us!

पाँच वर्षपछि नेपालले वार्षिक सत्तरी अर्बको बिजुली निर्यात गर्ने

अर्थ संसार

मंगलबार, १४ असार २०७९, ०७ : १९ मा प्रकाशित

पाँच वर्षपछि नेपालले वार्षिक सत्तरी अर्बको बिजुली निर्यात गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको पाँच वर्षमा वार्षिक करिब ७० अर्ब रुपियाँको विद्युत्् निर्यात हुने बताएकि छन् ।

आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा राष्ट्रिय सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले आन्तरिक माग पूरा भएको अवस्थामा मात्र विद्युत्् निर्यात गरिने स्पष्ट पारिन् ।

मन्त्री भुसालले राष्ट्रिय सभामा दिएको जानकारीअनुसार आगामी आर्थिक वर्ष वर्षायाममा करिब १५ देखि २० अर्ब रुपियाँको विद्युत् निर्यात गर्न सकिने छ भने आगामी पाँच वर्षमा हरेक वर्ष करिब ७० अर्ब रुपियाँभन्दा बढीको विद्युत् निर्यात गर्न सकिने सम्भावना छ ।

आगामी दुई वर्षमा हिउँदमा पनि विद्युत्् किन्नु नपर्ने अवस्थामा पुग्ने र वर्षात्का बेला ५० प्रतिशत विद्युत्् बचत हुने भएकाले त्यो बिजुली भारत, बङ्गलादेश लगायतमा निर्यात गर्नुपर्ने बताइन्  ।

यस वर्ष आन्तरिक खपत करिब २० प्रतिशतले  बढेको जानकारी दिँदै सरकारले विद्युत् निर्यातभन्दा स्वदेशमै खपत बढाउन बढी प्राथमिकता दिएको उनले  प्रस्ट पारिन् । प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ३३० युनिट रहेको छ । आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिब सात सयदेखि एक हजार मेगावाट विद्युत् प्रणालीमा थपिँदै जाने आकलन मन्त्रालयको छ । यो उत्पादनले दुई वर्षपछि सुक्खायाममा समेत आन्तरिक उत्पादनले नै आन्तरिक माग धान्ने छ तर वर्षायाममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत् बढी हुने भएकाले निर्यात नगरी नहुने मन्त्री भुसालले बताइन्  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको