Like us!
Follow us!
Connect us!
Watch us!

गणपुरक संख्या नपुगेपछि नेपाल हाइड्रोको विशेष साधारणसभा स्थगित, अब असार २९ गते हुने

अर्थ संसार

मंगलबार, १४ असार २०७९, ०७ : ४६ मा प्रकाशित

गणपुरक संख्या नपुगेपछि नेपाल हाइड्रोको विशेष साधारणसभा स्थगित, अब असार २९ गते हुने

गणपुरक संख्या नपुगेपछि सोमबार जेठ १३ गतेका लागी डाकिएको नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । 

कम्पनीको बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको स्थगित विशेष साधारण सभा अब असार २९ गते, कम्पनीको रजिष्टर्ड कार्यलय, डिल्लीबजार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा नियमावलीको नियम २३ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने, कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरूप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि असार २ गते बुकक्लोज गरेको थियो त्यसैले, असार १ गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको