Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री फिर्ता बोलाउने जसपाकोे निर्णय

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १४ : ०२ मा प्रकाशित

मन्त्री फिर्ता बोलाउने जसपाकोे निर्णय

उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।


बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने अनुपस्थित रहेको थियो । नेताहरुका अनुसार बैठकमा २० जना कार्यकारिणी सदस्यहरूको उपस्थिति थियो । जुन कार्यकारिणी समितिको बहुमत हो ।


बैठकले नयाँ मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष यादवलाई दिएको छ । जसपाबाट हाल सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव सहभागी छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको